Select Language:


Log In Email

Notice & Events

स्नातक तह चौथो बर्षको परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने सूचना

2076/8/10

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने स्नातक तह चौथो बर्षको परीक्षा दिने विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्कायका पुरा तथा आंशिक परीक्षार्थीहरूले २०७६ साल पौष १० गते सम्म  नियमित शुल्कमा र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर लिई परीक्षा आवेदन फारम भरी क्याम्पसमा बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा आवेदन फारम भर्दा र भराउदा अनिवार्य रुपले ध्यान दिनुपर्ने कुराहरूः

  • परीक्षा फारम भर्दा फारमको माथि र प्रवेश पत्रको माथि नियमित परीक्षार्थीले प्रथम वर्षमा कायम भएको परीक्षा रोल नं. र आंशिक परीक्षार्थीले चौथो वर्षमा कायम भएको पछिल्लो रोल. नं. अनिवार्य उल्लेख गर्नु पर्नेछ ।
  • परीक्षार्थीहरूले परीक्षा आवेदन फारममा त्रि. वि. रजिष्ट्रेशन नं. अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ ।
  • परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।
  • परीक्षा सञ्चालन अवधिसम्म प्रवेशपत्र प्रतिलिपि लिनु परेमा परीक्षा आवेदन फारममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ ।

Back to top